काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य तोलाको झण्डै डेढ लाख पुगेर नयाँ रेकर्ड बनेको छ। साउन २ गते प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ रहेकोमा शुक्रबार तोलाकै १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको हो। जुन अहिलेसम्मकै उच्च रेकर्ड हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य एकै दिन तोलामा ५ सयले बढेको हो। बिहीबार तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य भने प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँ कायम छ। अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य ५ रुपैयाँ घटेको हो।



लोकपाटी न्यूज
