धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिदै छन्। आज अपरान्ह ४ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकबाट सोडारीले विश्वासको मत लिने छन्। अल्पमतमा रहेका सोडारीले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिनसक्ने समेत बताइएको छ।
गत असार २० गते नेकपा एमालेले सोडारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनी अल्मतमा परेका थिए। सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नाउपाका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा गत बैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
तर, केन्द्रमा काँग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेसँगै एमालेले सरकार छोडेको थियो। कांग्रेस र एमालेबीचको सहमति अनुसार सुदूरपश्चिम सरकारको नेतृत्व काँग्रेसले गर्ने भएको छ। ५२ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्दछ भने प्रदेशमा कांग्रेस र एमाले एक ठाउँमा आउदा दुवैको २८ मतसहित स्पष्ट बहुमत रहेको छ।



लोकपाटी न्यूज

