काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य फेरि बढेको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य पुनः रेकर्ड नजिक पुगेको छ। चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ। बुधबार प्रतितोला एक हजार सात सय ८० मा कारोबार भएको चाँदी बिहीबार एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।



लोकपाटी न्यूज
