काठमाडौं। आज राति ११ बजेदेखि चार घण्टासम्मका लागि नेपाल टेलिकमको सेवा प्रभावित हुने भएको छ। बिहीबार टेलिकमले एक सूचना राख्दै बिलिङ प्रणाली स्तरोन्नति गर्न लागिएको हुँदा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र क्वेरी सेवा प्रभावित हुनसक्ने जानकारी दिएको हो।
नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार उक्त समयमा रिचार्ज र डाटा प्याकेज अवरुद्ध हुनेछ। कम्पनीले बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा ती सेवा अवरुद्ध गर्नुपर्ने भएको जनाएको छ। तर उक्त समयमा मोबाइल भ्वाइस, डाटा एसएमएस, तथा पीएसटीएन, एफटीटीएच, आइपीटीभी सेवा यथावत सञ्चालन हुने टेलिकमले जारी गरेको सूचनामा भनिएको छ।




लोकपाटी न्यूज

