काठमाडौं। नेपाल राष्ट्र बैंकले विहीबारको विनिमयदर प्रकाशन गरेको छ। भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ। आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रूपैयाँ २६ पैसा पुगेको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रूपैयाँ २७ पैसा पुगेको थियो।
युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ८३ पैसा र बिक्रीमा १४५ रूपैयाँ ४८ पैसा छ। आज पाउण्ड स्टर्लिंग एकको खरिददर १७१ रुपैयाँ ७० पैसा रहेको छ भने विक्रीदर १७२ रुपैयाँ ४७ पैसा रहेको छ।
त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७८ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ८९ पैसा र बिक्रीमा ८ रूपैयाँ ९३ पैसा रहेको छ।
राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५५ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रूपैयाँ ०९ पैसा र बिक्रीदर २९ रूपैयाँ २२ पैसा पाइन्छ। बुधबार मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ९२ पैसा र बिक्रीदर २९ रूपैयाँ ०५ पैसा रहेको थियो ।
कुवेती दिनार एकको खरिददर ४३७ रूपैयाँ ४३ पैसा र बिक्रीदर ४३९ रूपैयाँ ३९ पैसा तोकिएको छ। त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५६ रूपैयाँ १५ पैसा तोकिएको छ।



लोकपाटी न्यूज
