काठमाडौं। स्मार्टफोन र ल्यापटपको प्रयोग धेरैजसो काममा समान ढंगले हुन्छ। तर, साधारण प्रयोगकर्तामा दुवै यन्त्रका सुविधाबारे समान ढंगले जानकारी रहेको भने देखिँदैन। स्मार्टफोनका सुविधाबारे भने धेरै प्रयोगकर्तामा राम्रो ज्ञान छ। जब ल्यापटपको कुरा आउँछ, त्यसका उन्नत सुविधाबारे धेरै कमलाई मात्र जानकारी हुन्छ।
स्क्रिन रेकर्डिङको बारेमा कुरा गर्दा, स्मार्टफोन प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार सूचना पट्टी अर्थात् नोटिफिकेसन बारमा यो आइकन फेला पार्न सक्छन्। तर, ल्यापटपमा स्क्रिन रेकर्डिङ केही प्रयोगकर्ताहरूलाई गाह्रो काम लाग्न सक्छ। यहाँ हामी ल्यापटपमा स्क्रिन रेकर्डिङ गर्ने सजिलो तरिका बारेमा जानकारी दिँदैछौं।
ल्यापटपमा स्क्रिन रेकर्डिङ कसरी गर्ने
ल्यापटपमा स्क्रिन रेकर्डिङको लागि कुनै आइकन छैन। यद्यपि, ल्यापटपमा काम गर्ने एउटा फाइदा यो हो कि प्रयोगकर्ताले लामो सेटिङ प्रक्रियालाई पछ्याउन बिना केही सर्टकटहरूको मद्दतले पनि कठिन कार्यहरू छिटो गर्न सक्छन्। ल्यापटपमा किबोर्ड सर्टकट कि’को मद्दतले प्रयोगकर्ताको काम छिट्टै सम्पन्न हुन्छ। तपाईं स्क्रिन रेकर्डिङको लागि किबोर्ड सर्टकट कि प्रयोग गर्न सक्नुहुन्छ।
ल्यापटपमा स्क्रिन रेकर्डिङ गर्न तीन ओटा बटन एकैसाथ थिच्नु पर्ने हुन्छ। यी विन्डोज प्लस अल्ट प्लस आर (Window + Alt + R) हुन्। तपाईंले यी तीन बटनहरू थिच्ने बित्तिकै, तपाईंले स्क्रिनको दायाँ छेउमा रेकर्डिङ चिन्ह देख्नुहुनेछ। यस्तै तपाईंले चाहनु भएको बेला उक्त रेकर्डिङ बन्द गर्न सक्नुहुन्छ।
रेकर्ड गरिएको भिडियो हेर्नको लागि, तपाईंले विन्डोज प्लस जी (Window+G) थिच्नु पर्छ। यदि तपाईं म्याकओएस (MacOS) मा स्क्रिन रेकर्डिङ गर्न चाहनुहुन्छ भने, त्यसको लागि कमान्ड प्लस सिफ्ट प्लस ५ (Command + Shift + 5) एकैसाथ थिच्नुहोस्। तपाईंले रेकर्ड गरिएका क्लिपहरू डेस्कटपमा नै फेला पार्नुहुनेछ।
आवाज रेकर्ड गर्न चाहनुहुन्न भने यस्तो गर्नुहोस्
यदि तपाईं स्क्रिन रेकर्डिङको समयमा आफ्नो आवाज रेकर्ड गर्न चाहनुहुन्न भने, तपाईं यसको लागि म्यूट बटन प्रयोग गर्न सक्नुहुन्छ। यदि तपाईं आवाज रेकर्ड गर्न चाहनुहुन्छ भने, ल्यापटपको भोल्युमलाई फूल अन अर्थात् पुरै माथि उठाउनुहोस् जसले गर्दा अडियो राम्रोसँग रेकर्ड गर्न सकियोस्।



लोकपाटी न्यूज

