काठमाडौं। अहिले प्रायजसो मेसेजिङ एपमा ‘इन्ड-टु-इन्ड इन्क्रिप्सन’ सेवा राखेका छन्। ह्वाट्सएप, टेलिग्राम, फेसबुक मेसेन्जर, वायर, गुगल मेसेज जस्ता प्लेटफर्म ‘इन्ड-टु-इन्ड इन्क्रिप्सन’ सेवा उपलब्ध छ।
जब एक डिभाइसबाट अर्को डिभाइससम्म पठाइने म्यासेजलाई बीचमा कसैले पढ्ने नसकिने वा चोर्न नसकिने बनाउन ‘इन्ड-टु-इन्ड इन्क्रिप्स’ गर्न सकिन्छ। इन्क्रिप्सन यस्तो प्रणाली हो, जसले कुनै पनि डेटालाई यस्तो रूपमा परिणत गर्छ, जसले गर्दा अनावश्यक पक्षले त्यो डेटा सजिलै बुझ्न सक्दैनन्। र, उक्त डेटा आधिकारिक पक्षले मात्र बुझ्न सक्छ।
इन्ड-टु-इन्ड इन्क्रिप्सन त्यस्तो प्रकारको इन्क्रिप्सन हो, जहाँ प्रेषक (सेन्डर)ले पठाउने बित्तिकै मेसेज इन्क्रप्ट हुन्छ र प्रापक (रिसिभर)ले पाउनुभन्दा अघि डिक्रिप्ट हुन्छ। अर्को व्यक्तिले मेसेज पाउने अन्तिम समयमा उक्त इन्स्क्रिप्टेड कोड डिक्रिप्ट हुन्छ। र, पाउने व्यक्तिले वास्तविक मेसेज पढ्न पाउँछ।
यो प्रसारणको समयमा बीचमा कसैले पनि मेसेज हेर्न सक्यो भने पनि उक्त मेसेजमा के लेखिएको छ भन्ने कुरा कसैले बुझ्न सक्दैनन्। इन्ड-टु-इन्ड इन्क्रिप्सनको वास्तविक अर्थ नै यही हो। यस प्रणालीको प्रयोग गरे म्यासेज प्रेषक र प्राप्तकर्ता बाहेक, कसैले पनि पढ्न सक्दैन। आजको युगमा जानकारी एक धेरै संवेदनशील विषय हो, त्यसैले इन्ड-टु-इन्ड इन्क्रिप्सनको महत्त्व धेरै छ।
यस प्रकारको इन्क्रिप्सन ह्वाट्सएपमा पनि प्रयोग गरिन्छ। तर, कतिपयले यस प्रणालीको प्रयोग गर्न झन्झटिलो मानिरहेका छन् भने कतिपयले यस प्रणालीलाई कसरी सुचारु गर्ने भन्ने विषयमा बेखबर छन्। त्यसैले आज हामी इन्ड-टु-इन्ड इन्क्रिप्सन कसरी सुरु र बन्द गर्ने भन्ने विषयमा जानकारी दिँदै छौं।
कसरी सुरु गर्ने ?
- सर्वप्रथम ह्वाट्सएप खोल्नुहोस्।
- सेटिङ्गमा जानुस्। सेटिङमा च्याट अपसन देखिने छ। त्यसमा जानुस्।
- च्याट ब्याकअप देखिन्छ। त्यसमा क्लिक गर्नुस्।
- त्यहाँ इन्ड-टु-इन्ड इन्क्रिप्सन देखिने छ। त्यसमा क्लिक गर्नुस्।
- अब ‘टर्न अन’को अप्सन आउने छ। टर्न अन गरेर पासवर्ड वा ६४- अंकको इन्क्रिप्सन कुञ्जी सिर्जना गर्न निर्देशनहरू पालना गर्नुहोस्।
कसरी बन्द गर्ने ?
- सेटिङ्गमा जानुस्। त्यसपछि च्याट देखा पर्ने छ। त्यसमा जानुस्।
- अब च्याट ब्याकअपमा जानुहोस्।
- इन्ड-टु-इन्ड इन्क्रिप्टेड ब्याकअपमा ट्याप गर्नुहोस्।
- टर्न अफमा ट्याप गर्नुहोस्, र त्यसपछि आफ्नो पासवर्ड वा ६४- अंकको इन्क्रिप्सन कुञ्जी राख्नुस्।
- पुष्टि गर्न फेरि अफ अप्सनमा ट्याप गर्नुहोस्।



लोकपाटी न्यूज

