काठमाडौं। नेपाली बजारमा आज आइतबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन १ लाख ४५ हजार ७०० र तेजाबी सुन १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो। आज मूल्य बढेर एक लाख ४५ हजार सात सय पुगेको छ। शुक्रबार एक लाख ४४ हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुनको मूल्य आज बढेर एक लाख ४५ हजार पुगेको छ।
यसैगरी चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले वृद्धि भएको छ। शुक्रबार प्रतितोला एक हजार सात सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार सात सय ४० निर्धारण भएको महासंघले जनाएको छ।



लोकपाटी न्यूज
