काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा आज सार्वजनिक बिदा

ktm-
लोकपाटी न्यूज

काठमाडौं। बिहीबार राति मृत्यु भएका कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको शोकमा आज काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिएको छ।

फोरमले कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधनमा आज शोक बिदा दिने निर्णय गरेको हो। उपत्यकाका विभिन्न पालिकाहरुले सूचना जारी गर्दै आज आइतबार आफ्नो क्षेत्रका वडा कार्यालय, विद्यालयलगायतका कार्यालयहरु बन्द रहने व्यहोरा जानकारी गराएका छन्। मेयर नकर्मीको बिहीबार निधन भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्