जहाज दुर्घटनाका घाइते पाइलट शाक्यलाई आईसीयूबाट सामान्य वार्डमा सारियो

manishratna-sakya-caption-pic
लोकपाटी न्यूज

काठमाडौं। सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यलाई खतरामुक्त भएपछि सघन उपचार कक्ष (आइसियू) बाट क्याबिनमा सारिएको छ। काठमाडौं मेडिकल कलेजका अनुसार स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई सामान्य वार्डमा सारिएको हो।

काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक प्रा.डा. मीना थापाका अनुसार शाक्यलाई न्युरो र हाडजोर्नी विशेषज्ञ चिकित्सकहरूको निगरानीमा राखिएको छ।

प्रा.डा.थापाले भनिन्, ‘उहाँको अनुहार, आँखा, नाक र टाउकामा चोट लागेको छ, ढाडको एउटा हड्डीका साथै देब्रेपट्टिका तीनवटा करङ भाँचिएका छन्।’ सौर्य एयरलाइन्सको जहाज गत बुधबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु भएको थियो। दुर्घटना भएको २३ मिनेटपछि शाक्यलाई भने उद्धार गरेर अस्पताल र्पुयाइएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्