काठमाडौं। काठमाडौंको कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ। मिर्गौलासम्बन्धी रोगबाट पीडित उनको गएराति निधन भएको नगरपालिकाका सूचना अधिकारी प्रकेश चन्द्र श्रेष्ठले जानकारी दिए।
सूचना अधिकारी प्रकेश चन्द्र श्रेष्ठका अनुसार मेयर नकर्मीको निधन भएकाले आज नगरपालिकाभर शोक बिदा दिइएको छ। उनको पार्थिव शरीर बिहान ९ बजे कीर्तिपुर नगरपालिकामा ल्याएर श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्टि गर्ने सूचना अधिकारी प्रकेश चन्द्र श्रेष्ठले जानकारी दिए। उनको वीर अस्पतालमा उपचार हुँदै आएको थियो ।



लोकपाटी न्यूज

