२४ सय रुपियाँले घट्यो सुनको भाउ

Gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा (आज)  बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २ हजार ४ सय रुपैयाँले घटेको छ। बुधबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २४ सय रुपैयाँले घटेर १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५५ रुपैयाँले घटेर १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्