विराटनगर। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई शौचालयमा थुनेर कुट्ने धम्की दिएका छन्।
प्रदेश सचिव भट्टराईले टेलिफोनबाट शौचालयमा थुनेर कुट्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए।
कार्कीले आफू मुख्यमन्त्री भएको बेलाका खेलकुद प्रतियोगिताको बजेट निकासा गर्न सचिव भट्टराईलाई दबाब दिइरहेका थिए। साथै उनले ‘आफ्ना कार्यकर्तालाई कमिसन छुट्टाउन दबाब दिइरहेका’ थिए। सचिव भट्टराईले नियम कानुनबाहेक तलमाथि आफूले नगर्ने भनेपछि पूर्व मुख्यमन्त्री कार्कीले धम्की दिएका बताइएको छ।
उनले अब पनि बजेट निकासा नगरे नगरे ठिक नहुने भन्ने हिसाबले धम्की दिएको सचिव भट्टराईले बताए। शान्ति सुरक्षाको माग गर्दै उजुरी आएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए। भट्टराईले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनको बोधार्थ कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मालाई पनि दिएको बताएका छन्।




लोकपाटी न्यूज

