सुर्खेत। कर्णाली प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रतिपक्षमा पुगेको छ। सोमबार माओवादीबाट कर्णाली प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले पदबाट राजीनामा दिएसँगै प्रदेश सरकार स्थापनापछि पहिलो पटक माओवादी केन्द्र प्रतिपक्षमा रहेको हो।
संघीय सरकारमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच सत्ता सहकार्य भएपछि कर्णालीमा माओवादी सरकारबाट बाहिरिएको हो। प्रदेश संरचना कार्यान्वयन भएको साढे छ वर्षमा कर्णालीमा माओवादीबाट दुई जना मुख्यमन्त्री र १८ जना मन्त्री बनेका थिए।
अब कर्णालीमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचमा सत्ता सहकार्य हुने छ। सरकारमा सहभागी हुने विषयमा आजैदेखि छलफल सुरु हुने भए पनि केन्द्रबाट निर्देशन नआएको काँग्रेसका प्रदेशसभा सदस्य बेदराज सिंहले जानकारी दिए।



लोकपाटी न्यूज

