उद्योगहरुको काटिएको लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

File Photos: THT
लोकपाटी न्यूज

काठमाडौं। नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगको लाइन जोड्ने निर्णय गरेको छ। आइतबार विद्युत नियमन आयोगबाट लिखित निर्देशन आएपछि प्राधिकरण सञ्चालक समितिकाे बैठकले लाइन काटिएका उद्योगमा विद्युन् जोड्ने निर्णय गरेको हो।

नियमन आयोगले २०८० मा जारी निर्देशिकालाई देखाउँदै विद्युत् जोड्न निर्देशन दिएको थियो। ‘विद्युत उपभोक्ता हित संरक्षण सम्बन्धी निर्देशिका, २०८०’को दफा १३ को उपदफा १० मा यो व्यवस्था रहेको आयोगले बताएको छ। यही बमोजिम लाइन तत्काल जोड्न निर्देशन दिएको थियो।

आयोगबाट निर्देशन आएपछि प्राधिकरणको सोमबार बसेको सञ्चालक समितिका सबैजसो सदस्य उद्योगको लाइन जोड्न सहमत बनेका हुन्। लामो समयदेखि उद्योग र प्राधिकरणको विवाद जारी छ। प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता विवादपछि धमाधम उद्योगहरूको लाइन काट्दै आएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्