सुर्खेत। कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। नेकपा एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन्।
माओवादीबाट नियुक्त भएका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही, जलस्रोत तथा ऊर्जा मन्त्री रणसिंह परियार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतले राजीनामा दिएका हुन्।
केन्द्रमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन बनेसँगै कर्णाली प्रदेश सरकारबाट माओवादी बाहिरिएको हो। उनीहरु गत वैशाख १८ गते नियुक्त भएका थिए। योसँगै कर्णालीमा पहिलो पटक माओवादी प्रमुख प्रतिपक्षी दलको बेञ्चमा पुगेको छ।



लोकपाटी न्यूज

