मकवानपुर। नेपाली कांग्रेसले वाग्मती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामालाई अगाडि बढाउने भएको छ। आइतबार बसेको संसदीय दलको बैठकले दलका नेता लामालाई आगामी मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेको हो।
मुख्यमन्त्री शालिकराम जम्कट्टलेले विश्वासको मत नपाउने भएपछि कांग्रेसले आइतबार नै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछ्न।
वाग्मतीमा कांग्रेस र एमालेको सहज बहुमत पुग्ने अवस्था रहेको छ। ११० सदस्यीय प्रदेशसभामा कांग्रेससको ३७ र एमालेको २७ सासंद रहेका छन्। बहुमतका लागि ५६ मतको आवश्यकता रहेको छ।



लोकपाटी न्यूज

