काठमाडौं। नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलाको २ हजारले घटेर एक लाख ४७ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि बिहीबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ५ सय रहेको थियो। त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ८ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज प्रतितोला ३० रुपियाँ घटेर तोलाको १८३० मा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १८ सय ६० रूपैयाँमा कारोबार भएको थियो



लोकपाटी न्यूज
