कति छ आज विदेशी मुद्राको विनिमय दर ?

dollor
लोकपाटी न्यूज

काठमाडौं। आज (शुक्रबार) का लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। शुक्रबार अमेरिकी डलर सामान्य अंकमा बढेको छ। कतारी रियलको खरिद दर घट्दा बिक्री दर बढेको छ। बिहीबारको तुलनामा शुक्रबार यूरो र बेलायती पाउण्डको विनिमय दर घटेको छ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा र बिक्री दर १३४ रुपैयाँ १५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ९८ पैसा र बिक्री दर १४६ रुपैयाँ ६४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ ३७ पैसा र बिक्री दर १७४ रुपैयाँ १५ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६२ पैसा र बिक्री दर ३६ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर

4-4

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्