आज कति छ विदेशी मुद्राको विनिमय दर ?

dollor
लोकपाटी न्यूज

काठमाडौं। आज (बिहीबार) का लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बुधबार अमेरिकी डलर र कतारी रियालको मूल्य स्थिर रहेको छ। यूरो सामान्य बढ्दा बेलायती पाउण्डको विनिमयदर करिब तीन अंकले बढेको छ। बुधबार १७२ मा कारोबार भएको बेलायती पाउण्डको बिक्री दर १७४ रुपैयाँ ७९ पैसा पुगेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४४ पैसा र बिक्री दर १३४ रुपैयाँ ०४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४६ रुपैयाँ शून्य पैसा र बिक्री दर १४६ रुपैयाँ ६५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपैयाँ ०१ पैसा र बिक्री दर १७४ रुपैयाँ ७९ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर

4-3

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्