काठमाडौं। काठमाडौं महानगरपालिकाले करारमा नियुक्ति गर्नेगरी ३० जना हेबी सवारी चालक माग गरेको छ। महानगरपालिकाले बिहीबार सूचना जारी गर्दै तोकिएको योग्यता पुगेका उम्मेदवारले महानगरपालिकाको वेबसाइटमा रहेको ‘करारमा हेभी ड्राइभर अनलाइन दरखास्त प्रणाली’ मार्फत आवेदन दिनुपर्ने उल्लेख गरेको छ।
इच्छुक उम्मेदवारले साउन १६ भित्र आवेदन दिन सक्नेछन् भने थप दस्तुर तिरेर साउन २३ गतेभित्र आवेदन दिन सक्नेछन् ।




लोकपाटी न्यूज

