सशस्त्र प्रहरीले माग्यो विभिन्न पदमा अधिकृत स्तरका ४८ कर्मचारी, कसरी दिने आवेदन ?

लोकपाटी न्यूज

काठमाडौं। सशस्त्र प्रहरीले विभिन्न पदमा अधिकृत स्तरका ४८ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालय मावन श्रोत विभाग, भर्ना तथा छनोट शाखा हलचोकले शुक्रबार सूचना जारी गर्दै इच्छुकहरुबाट दरखास्त आह्वान गरेको हो।

सशस्त्र प्रहरीले रिक्त रहेको साधारण समूह, कानुन समूह, लेखा उपसमूह र प्राविधिक समूह ९सञ्चार तथा इन्जिनियररिङ० तर्फका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ।

योग्यता पुगेका व्यक्तिले आगामी साउन २० सम्म आवेदन दिन सक्ने सशस्त्र प्रहरीले जानकारी दिएको छ। त्यस्तै दोब्बर दस्तुर तिरेर साउन २९ सम्म आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ।

hhh

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्