सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

Gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो। बुधबार तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले वृद्धि भएको छ। मंगलबार चाँदीको मूल्य १ हजार ८ सय १५ रहेकोमा आज १ हजार ८ सय २० कायम भइ कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्