मनहरी। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शिक्षा क्षेत्रमा फैलिएको वितृष्णा हटाउनु अहिलेको प्रमुख जिम्मेवारी भएको बताएका छन्। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले शिक्षा क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउने गरी काम गर्न जरुरी रहेको बताएका हुन्।
मुख्यमन्त्री जम्कट्टेलले प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएको बताए। नेपालमा अध्ययन गरेपछि विदेश जाने परिपाटी बन्द गराउन पनि व्यावहारिक शिक्षामा जोड दिनुपर्ने उनको भनाई थियो। मुख्यमन्त्रीले अब पाठ्यक्रम सुधार गरेर सैद्धान्तिक ज्ञान हासिल गरी विद्यार्थीहरूलाई व्यवहारमा लागू गर्न उत्प्रेरणा जगाउनुपर्नेमा जोड दिए।
प्राविधिक विषय अध्ययनमा कोटा प्रणालीको अन्त्य गर्न सरकार लागिरहेको भन्दै उनले स्वास्थ्य र शिक्षाको लगानी अब प्रतिफल दिने गरी काम गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापकहरूलाई आग्रह गरे।



लोकपाटी न्यूज

