सङ्खुवासभामा पेस्तोलसहित चोङवाङ पक्राउ

hatkadi-pakrau
लोकपाटी न्यूज

सङ्खुवासभा। सङ्खुवासभाको चैनपुर नगरपालिका-१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगुले चैनपुर नगरपालिका–१ नूनढाकीका ४२ वर्षीय दिलकुमार चोङवाङ रहेको जानकारी दिए।

पेस्तोल बोकेर हिँडडुल गर्ने गरेको विशेष सूचनाको आधारमा प्रहरी चौकी नूनढाकी र सङ्खुवासभाको संयुक्त प्रहरी टोलीले एक थान कटुवा पेस्तोलसहित चोङवाङलाई आइबार पक्राउ गरिएको प्रहरी निरीक्षक जबेगुले बताए।

बरामद भएको कटुवा पेस्तोलसहित चोङवाङविरुद्व मुलुकी अपराधसंहिता, २०७४ को हातहतियार तथा खरखजनासम्बन्धी कसूरमा जिल्ला अदालत चैनपुरबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्