इलाममा काँग्रेसको अग्रता कायमै : प्रतिस्पर्धामा एमाले

लोकपाटी न्यूज

इलाम। इलाम २ उपनिर्वाचनको मतगणना जारी छ। अहिलेसम्म २ हजार ७९७ मत गणना हुँदा काँग्रेसका उम्मेदवार डम्बर खड्काले १ हजार १५५ मतका साथ अग्रता कायम राखेका छन्।

खड्कालाई पछ्याउँदै एमाले उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ६३ मत पाएको निर्वाचन आयोगले जनाएको छ। तेस्रो स्थानमा स्वतन्त्र उमेदवार डकेन्द्र थेगिम रहेका छन्। मुढा चिह्नका थेगिमले ३१३ मत पाएका छन्।

चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार मिलन लिम्बूले २११ मत ल्याएका छन्। इलाम नगरपालिका-७ स्थित गौतमबुद्ध सम्मेलन केन्द्र (सिटी हल) मा मतगणना भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्