राष्ट्रपति पौडेलले गरे कतारका राजा थानीलाई स्वागत

Qatar-amir-welcome-pic
लोकपाटी न्यूज

काठमाडौं। कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन्। निजी विमानबाट पौने ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राजा थानीलाई राष्ट्रपति पौडेल र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गरेका थिए।

राष्ट्रपति पौडेलले पुष्पगुच्छासहित स्वागत गरेका थिए। लगत्तै उनलाई सेनाको एक टुकडीले सलामी अर्पण गरेको छ।कतारका राजाले नेपाल भ्रमण गरेको यो पहिलो पटक हो। उनी बुधबार फर्किनेछन्।

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्