बढ्यो अलैँचीको भाउ, किसान खुसी

alaichi
लोकपाटी न्यूज

निनाम लोवात्ती
‘अलैँची’को भाउ गएको वर्षको तुलनामा लगभग तीन दोब्बर बढेको छ। गएको भदौ महिनामा नै नेपाली ‘अलैँची’ले प्रति मन (४० किलो ग्राम) को ५४–५५ हजारदेखि ५७–५८ हजारसम्म भाउ पाएको थियो। अहिले नेपाली ‘अलैँची’को भाउ बढेर प्रति मन (४० किलो ग्राम) को ८५–८६ हजारदेखि ८८–८९–९१ हजारसम्म पुगेको अवस्था छ। यस पटक अझै पनि अलैँचीको भाउ अझ बढ्न सक्ने संभावना रहेको पाइन्छ। नेपाली ‘अलैँची’को भाउ बढ्नु नेपाली किसानहरुका लागि धेरै खुसीको कुरो हो। जसले गर्दा आगामी दिनमा नेपाली किसानहरुले अलैँची खेतीप्रति अरु बढी लगानी आकर्षण देखिएको छ। बजार भाउ नपाएर निसार बनेका किसानहरुमा यसले अवश्य खुसी थपिदिएको छ।

किसानमा उत्साह

‘अलैँची’ मात्रै यस्तो एक नगदे बाली हो, जुन खेती गर्दा किसानले अरु बालिलाई जस्तो धेरै मेहनत र पसिना बगाउन पर्दैन। सजिलैसँग धेरै भन्दा धेरै आमदानी गर्न सक्छन्।यो मसला खेती हो। वास्तवमा अलैची चियामा राखेर वा चियाकै साँटो पनि खाने गरिन्छ। अलैची आयुर्वेदिक जडिब’टी पनि हो। खास गरी अरब देशहरुमा दैनिक रुपमा चियामा राख्ने चलन पनि छ भने मासुमा त अलैंची अनिवार्य जस्तै मानिसन्छ। मानिसले हरेक खानामा यसको केही न केही प्रयोग गर्ने गरेको पनि पाइन्छ। यसर्थ अलैचीको बजारको पूर्व जानकारी नेपाली अलैची किसानलाइ नहुने हुनाले व्यस्थित रुपले अलैची व्यवसाय अगाडि बढाइहाल्न भने समस्या नै छ। तर पनि यस वर्ष दिएको उत्साहले विगत धेरै वर्षको निराशामा पानी हालेको छ।

रोगको समस्या

अलैंचिका लागि केही सेपिलो, चिस्यान र मलिलो माटो भएको जग्गा हुनु चाहिँ जरुरी हुन्। अझ त्यसमा पनि उत्तिस जातको रुख मुनि ‘अलैँची’को बिरुवा छिटो हुर्कन्छ, राम्रोसँग सप्रिन्छ। त्यसो त विगतका दिनमा (२५–२६ वर्षअघि) पनि नेपाली ‘अलैँची’ खेती गर्ने किसानले अलैँचीबाट धेरै राम्रो आमदानी गर्ने गरेका थिए। तर बीचमा भने अलैँची खेती गर्ने किसानहरुले खासै आर्थिक लाभ लिन सकेका थिएनन्। त्यसो हुनुमा एक त ‘अलैँची’को बोट नै ओईलिने, सुकेर जाने र बोट नै मर्नेसम्म भयो भने त्यही वेला भाऊ घटेर गटेर गयो। अलैची रोप्ने विउ छनोट गर्दा यसमा ध्यान दिन जरुरी छ। प्राविधिकको सल्लाह अनुसार कस्तो स्थानमा रहेका कस्ता विरुवा राम्रो हुन्छ भनी राय सल्लाह लिएर मात्र विरुवा खरिद गर्न पर्दछ।

नेपालमा अलैँची खेतीबाट किसानले धेरै राम्रो आमदानी गरेको देखेर नेपालका प्रायः सबै क्षेत्रमा, खास गरी पूर्वका किसानले मात्रै गर्दै आएको अलैँची खेती पश्चिम र मध्यपश्चिम सम्म पनि फैलियो, विस्तार भयो। तर बीचको समयमा भने अलैँची खेती गर्ने किसानहरुले खासै आर्थिक लाभ लिन सकेका थिएनन्। जबकि विगतमा (२६–२८ अघि) नै एक मन अलैँचीको भाउ ८०–९० हजारदेखि एक लाख १० हजार पुगेको थियो।

त्यसरी राम्रोसँग बिक्री हुँदै आएको अलैँचीको भाउ घटेर एकाएक एक मन (४० किलो) अलैँचीको ११–१७ हजारदेखि २०–२१ हजार रुपैयाँमा बेच्नुपर्ने अवस्था आएपछि अलैँची खेती गर्ने किसानहरुमाको हदैसम्मको निराशा छायो। त्यसमाथि बीचको समय (१२–१५ देखि) अलैँचीमा अनेक खाले रोग लाग्न थाल्यो। जस्तै बोट नै सुक्ने, फुल नफुल्ने, फल नलाग्ने, अलैचीँको बोट मर्ने रोगले अलैँची खेती गर्ने किसानहरु हतोत्साही भए।

कस्तो स्थानमा हुन्छ

हाम्रो देश नेपाल वनस्पतिजन्य फूल फुल्ने फुलहरु मात्रै लगभग सात हजार प्रकार छन्। यस सम्बन्धमा विषय वनस्पतिशास्त्रीहरु अध्ययन, अनुसन्धानकर्मीहरु अध्ययन गर्न को भनाइ रहेको छ। त्यति मात्रै होइन, अन्य प्राकृतिक साधन र स्रोतमा पनि हाम्रो देश नेपाल धेरै धनी देशको रुपमा रहेको विविधै छ। त्यसमा पनि जडीबुटीजन्य वनस्पतिमा नेपाल विश्वका अन्य देशहरुको तुलनामा कम धनी छैन। विशेष गरी चिस्यान भएको बारी अझ त्यसमा पनि उत्तीसको जंगल वा झाडीको भएको भिरालो पाखोमा राम्रोसँग हुर्कने, फैलने र बढ्ने ‘अलैँची’को प्रयोग औषधि, सुगन्ध, महँगो रक्सी बनाउन, चियामा हालेर खान, मासुका परिकार तथा तरकारीमा मसलाका रुपमा प्रयोग गर्न, कोसेलीका रुपमा लिनेदिने आदि कार्यमा पनि हाल आएर अलैँचीको प्रयोग हुँदै आएको देखिन्छ।

अलैची खेती हुने ठाउँ

नेपालमा ‘अलैँची’को खेती सात–आठ–नौ सय मिटरदेखि १५–१६–१७ सय मिटर उचाईसम्म गर्न सकिन्छ। जे भए तापनि विगत लामो समयदेखि नेपालको पूर्वी भेग जस्तै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा आदि जिल्लामा अलैँची खेती हुँदै आएको थियो भने हाल आएर भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, कास्की, लमजुङ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत पश्चिमका जिल्लाहरुमा पनि अलैँची खेतीका लागि बिरुवा सार्ने, रोप्ने क्रम सुरु भएको छ, भई रहेको छ।

अलैँचीको महत्व कति छ भन्ने त केही वर्ष अघिदेखि चीन, मध्यपूर्वका खाडी देशहरु, युरोप महादेशका देशहरु, उत्तर अमेरिकी महादेशका देशहरु, दक्षिण अमेरिकी महादेशका देशहरु र, अफ्रिका महादेशका देशहरुमा समेत निकासी हुने गरेकोले पनि देखाउँ। तर भारतीय व्यापारीहरु र भारत सरकारले नेपालमा उत्पादन भएको अलैँची आफूले मात्रै किन्ने र त्यही अलैँची अरु देशलाई आप्mनो देशको उत्पादन भनी बेच्ने गर्छ भन्ने नेपाली व्यापारीहरुको भनाइ रहेको छ।

विदेशी बजार आवश्यक

नेपालले आज सम्म अलैचिको बजारको रुपमा भारतको मात्र भर पनु परिरहेकाले पनि भारतामा अलैची राम्रो भएको समयमा नेपाली अलैचिको भाउ घटाउन गरेको पाउँछौं। अब नेपालले भारतलाई अलौची विक्री गर्दा हो वा अन्य तेस्रो देशलाई विक्रि गर्दा होस नेपाली स्पेसल ब्राण्ड बनएर बेच्न पर्दछ। साथै नेपालले यसको थाइ माकेट पनि खोज्न जरुरी छ। जसले गर्दा नेपालका अलैंची विदेशमा सहज र जहिले पनि पुग्ने वातावरण तयार गर्न जरुरी छ।

कतिपय अवस्थामा रोगकै कारणले पनि नेपालमा अलैची खेतीमा चुनौति थपिएको पनि थियो। खास गरी अलैचीका विरुवा रोप्दा पुरानाबोट बाट बोट फुटाउने चलन प्रथा अन्त गरी विउबाट विरुवा उत्पादन गर्न जरुरी छ। यसका लागि १५०० मिटर उचाइका विरुवालाई सबै भन्दा योग्य मानिन्छ। ती विरुवाहरुमा रोग प्रतिरोध क्षमता बढी हुने हुदा यस्ता विरुवा रोप्न विज्ञहरुले सुझाव दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्