नेपालबाट ६ महिनामा ७ अर्बको कफी तथा चिया निर्यात

tea-chiya pic
लोकपाटी न्यूज

काठमाडौं। नेपालले चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब रुपैयाँको कफी तथा चिया निर्यात गरेको छ। भन्सार विभागका अनुसार ७ अर्ब २४ करोड ४६ लाख ५६ हजार रुपैयाँको कफी, चिया लगायत वस्तु निर्यात गरेको हो।

७ अर्ब २४ करोड ४६ लाख ५६ हजार रुपैयाँको कफी, चिया लगायत वस्तु निर्यात गर्दा ५ अर्ब ६८ करोड ११ लाख ५३ हजार रुपैयाँको आयात गरेको छ।

नेपालले अन्य कृषिजन्यवस्तुमा घाटा ब्यहोरेपनि कफी, चियामा नाफा निकालेको छ। ६ महिनाको अवाधिमा १ अर्ब ५६ करोड ३५ लाख ३ हजार रुपैयाँ ब्यापार नाफा देखिएको विभागले जनाएको छ। सरकारले सो कारोबारबाट १ अर्ब ५४ करोड ७१ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

नेपालबाट अस्ट्रेलिया, फ्रेन्स, जापान, कोरिया, नेडरल्याण्ड, जर्मनी लगायत मुलुमा कफी र चिया निर्यात गरिन्छ भने अस्ट्रेलिया, चीन, भारत लगायत मुलुकबाट आयात गरिने विभागको तथ्यांकमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्