काठमाडौं। नेपाल राष्ट्र बैंक र सामाजिक सुरक्षा कोषमा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। राष्ट्र बैङ्कले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्म र सामाजिक सुरक्षा कोषले उपनिर्देशकदेखि सहायक कम्प्युटर अपरेटर पदसम्मका लागि दरखास्त माग गरेका हुन्।
राष्ट्र बैंकको विभिन्न पदका लागि तोकिएको दस्तुर तिरेर अनलाइनमार्फत् पुस २६ गतेसम्म आवेदन दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख गरिएको छ।
यस्तै, सामाजिक सुरक्षा कोषले लोकसेवा आयोगबाट लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाका लागि दरखास्त माग गरेको हो। तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले अनलाइन प्रणालीमार्फत् दरखास्त दिन सक्ने कोषले सुचनामा जनाएको छ।





लोकपाटी न्यूज

