“समय”

लोकपाटी न्यूज

“समय”
धेरै थोक छोडेको छु, मैले तेरो भरोसामा
हे “समय”
तर त धोकेबाज न निक्लिनु

तसँग संगत गर्दै साथसँगै चल्ने मेरो खाका
बनेको छ म अबेर गर्दा मलाई झकझका
हे “समय”
तर त धोकेबाज ननिक्लिनु

धेरै गारो छ, मलाई तेरो संगत गर्न
तर, पनि हिम्मत हारेकी छैन
जुन तराजुमा त अरूलाई तौलेर हेर्छस् नि
त्यहि तराजुमा कैलेकाई आफू बसेर हेर
अनि थाहा हुनेछ मेरो र तेरो सम्बन्धको दूरी
त्यसैले भन्दैछु, हे “..समय..”
तर, त धोकेबाज ननिक्लनु

धेरै थोक छोडेकी छु, मैले तेरो भरोसामा
हे “समय”
तर, त धोकेबाज ननिक्लिनु

तेरो लागि पो म केवल वाक्य थिएँ
तर, तलाई के थाहा मेरो किताबको
शीर्षक नै “समय” यानकी त थिइस्

शरीरले आराम खोजेको छ, परिस्थितिले पैसा
दिमागले शान्ति अनि मनले परिवार
तर, त छस् एउटा मभित्र सच्चा देश भक्ति
मानव खोजी रहेको छस्
त्यसैले भन्दैछु,
धेरै थोक छोडेकी छु, मैले तेरो भरोसामा
हे “समय”
तर, त धोकेबाज ननिक्लिनु

सीमा पारीको त्यो दृश्यलाई पनि नियाल्दै छु म
मेरो उमेरको पनि ख्याल गर ए समय
लाग्न सक्छन् धेरै सयौं वर्षहरू
देश भक्ति जगाउने मेरा रहरहरू

हे “समय”
तर त धोकेबाज ननिक्लिनु

अरू त को छ र भरोसा गर्ने लायक मेरो
संसारमा तैसँग संगत गर्न चाहन्छन् पृथ्वीका सबै प्रणामीहरू
म त एउटा मानव न हुँ
त्यसैले मान्छे मान्छेमा भरोसा नभएर देउता मानेर
त्यो ढुंगा पुज्ने गर्छ मान्छे
त्यसैले हे “समय”
धोकेबाज ननिक्लिनु

धेरै थोक छोडेकी छु, मैले तेरो भरोसामा
तेरो प्रतीक्षा धेरै मीठो हुन्छ तर
त्यसको फल पनि मीठो दिने गर है
बादल पारि त हो, जति हतार गरे पनि
मेरो मृत्युको पर्खाइमा त
त पनि त पर्खेर बसेको छस्
त्यसैले भन्दैछु मलाई पनि त
त सँगै सँगसँगै हिँड्ने बानी पार

केही गर्नू छ, मैले केही सिक्नु छ मैले
जसरी आय त्यसरी जाने, कुनै रहर पनि त होइन मलाई
केही राम्रो गरेर देखाउनु छ मैले
त्यसैले हे “समय”
धोकेबाज ननिक्लिनु

धेरै थोक छोडेकी छु, मैले तेरो भरोसामा
तर त धोकेबाज ननिक्लिनु

जानकी कुवर पौडेल
प्रदेशसभा सदस्य सुदूरपश्चिम प्रदेश
नेकपा माओवादी केन्द्र

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्