काठमाडौं। पर्यटन विकासका लागि कर्णाली पर्यटन उद्यमी समाजले हवाई समस्या समाधान र हिल्सा नाका खुलाउन आफ्ना दश बुँदे माग सहित सरकारको ध्यानाकर्षण गराएको छ। समाजले आज (शुक्रबार) रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनमार्फत् आफ्ना १० बुँदे माग राख्दै सरकारको ध्यानकर्षण गराएको हो।
कोरोना महामारीपछि बन्द रहेको हिल्सा नाकाबाट कैलाश मानशरोवर दर्शन गर्न जाने विदेशी पर्यटकलाई हुम्लाको हिल्सा हुँदै जान दिनको लागि चीन सरकारसँग कुटनीतिक पहल गर्नसमेत विज्ञप्तीमार्फत् आग्रह गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘कर्णालीका जनतासँग हवाईबाहेक अन्य कुनै विकल्प नभएको अवस्थामा हवाई टिकटमा सरकारले भ्याट लगाउँदा त्यहाँका जनता मारमा परेको छन्। ‘कर्णालीका नागरिकहरु विरामी हुँदा, मरेको लास र खाद्यान्न सामाग्री ढुवानीमा पनि १३ प्रतिशत कर तुरुन्त फिर्ता गर्न विज्ञप्तिमार्फत माग गरिएको हो।’
नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्णालीलगायत दुर्गम क्षेत्रमा लगाएको हवाई प्रतिबन्ध फुकुवा हुनु्मा कर्णाली पर्यटन उद्यमी समाजको योगदान रहेको अध्यक्ष देवीकृष्ण रोकायाले बताए।



लोकपाटी न्यूज

