साहित्यकार दिलीप योञ्जन तामाङ्गको गीति एल्बम ‘आमा मेरी आमा‘ विमोचन

Ama meri ama program
लोकपाटी न्यूज

काठमाडौं। साहित्यकार दिलीप योञ्जन तामाङ्गद्धारा रचित एल्बम ‘आमा मेरी आमा‘ विमोचन गरिएको छ। बुधवार एक कार्यक्रममा बरिष्ठ गीतकार कृष्णहरी बराल , साहित्यकार डा. रेनुका सोलु, शुभ मुकारुङ्ग, विश्व बल्भव ,गीतकार तथा गजलकार शितल कादम्बीनी, संगीतकार राजेश थापा लगायत उपस्थित सबै जनाले एक साथ सिडी देखाएर विमोचन गरेका हुन्।

लोकार्पण कार्यक्रमको स्वागत मन्तव्य गीतकार सितल कादम्बेनीले राखेकी थिइन्। गीतकार दिलिप योञ्जनले आफ्नी स्वर्गिय माता पासाङ्ग डोल्मी तामाङ्ग प्रति समर्पित भएर रचना गरिएको एल्बममा ७ वटा गीतहरु रहेका छन्। मातृस्नेह, जिवन भोगाई, अध्यात्म दर्शन र जागरण भावलाई गीतमा समेटिएको छ।

साहित्यकार डा. रेनुका सोलुले विमोचित एल्बमको समिक्षा गरेकी थिइन्। सोलुले साहित्यकार दिलीप योञ्जनले नेपाली साहित्य तथा गीत लेखनको क्षेत्र साथै समाज सेवाको क्षेत्रमा पुर्याएको योगदान अमुल्य रहेको बताइन्। आमालाई श्रद्धाञ्जली स्वरुप समर्पण गरिएको गीतमा मातृभुमी र आमाको कर्मबाट आफु सफल भएको कुरा लाई गीतमा समेटिएको बताइन्।

वरिष्ठ गीतकार कृष्णहरी बरालले गीतकार योञ्जनले नेपाली गीत संगीत र साहित्यका विविध विधामा पुर्याएको योगदानलाई आम नागरिकले भुल्न नहुने बताए। योञ्जनका हाल सम्म ६ बटा गिती संग्रह बजारमा आएका छन्। आगमन, अविरल, अमर, मान्छेको भिडमा, आस्था खोजीरहेको छु, अनुराग जस्ता एल्बमले नेपाली संगीतप्रेमी एवम साहित्य अनुरागी मनहरुलाई आनन्दीत बनाएको उनले बताए। एल्बममा राजेश थापा र डिवी लामाको संगीत रहेको छ। साथै सुरेश लामा , प्रविण बेडवाल, श्रेयसी चेम्जो, शुभ तामाङ्ग, सुनिता लो , सुमिना लो र अन्जु लामाको स्वर रहेको छ।

कार्यक्रममा बोल्दै संगीतकार राजेश थापाले दिलीप योञ्जन आफैमा सशक्त गीतकार रहेको दावी गरे। मौलिक सिंर्जना र नेपाली माटो प्रतिको प्रगाढ स्नेह उनको गीतमा भेटन सकिने दावी गरे। एल्बमका गीतहरु सङ्गीत तथा रेकर्डिङ दौरानको प्रसङ्गबारे बोल्दै संगीतकार थापाले दिलिप योन्जनको शालिनता, परोपकारी भावना र सधै सही र सत्यको मार्गमा अडिग रहने स्वभावबाट आफू अत्यन्तै प्रभावित त नतमस्तक रहेको र यस अघि पनि गीतकार योन्जनको एकल रचना र आफ्नो एकल संगीतमा दुई वटा गिती एल्बम प्रकाशनमा ल्याएको बताए। कार्यक्रमका विषयमा गीतकार संघका अध्यक्ष बसन्त वित्यासी थापाले गीतकार दिलिप योञ्जनद्धारा रचित गीतिसंग्रह विमोचन गर्न पाउँदा आफूहरुलाई निकै खुसी लागेको बताए। कार्यक्रममा साहित्यकार, गीतकारहरु, गायक गायिकाहरुको बाक्लो उपस्थिीती रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्