काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती सेवा विधेयक आगामी साता मन्त्रिपरिषद्मा पेस हुने बताएका छन्।
काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रममा उनले आफू पदमा आएको पहिलो दिनदेखि उक्त विधेयक निर्माणमा लागेको जनाउँदै अर्थ मन्त्रालय र कानून मन्त्रालय हुँदै विधेयक आगामी साता क्याबिनेटमा जाने जानकारी दिए।
उनले ढुङ्गा-गिट्टी तथा फोहरमैला व्यवस्थापनसम्बन्धी बेग्ला-बेग्लै विधेयक पनि ल्याउने तयारी भएको बताए। मन्त्री मोदीले निजामती कर्मचारी स्थायी सरकार भएकाले जहाँ आवश्यक पर्छ त्यहाँ जान तयार हुनुपर्ने पनि बताए।



लोकपाटी न्यूज

