प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

Sansad_samsad
लोकपाटी न्यूज

काठमाडौं। संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन,नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ।

नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने सम्भावित सकार्यसूची रहेको छ। यसैगरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइने भएको छ।

साथै, बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ भने राष्ट्रिय सभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेस गर्नेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्