अखिल (क्रान्तिकारी)को वृक्षारोपण कार्यक्रम शनिबार

लोकपाटी न्यूज

काठमाडौं। अखिल (क्रान्तिकारी) काठमाडौं महानगर समितिले वृक्षारोपण कार्यक्रमको आयोजना गर्ने भएको छ। अखिल (क्रान्तिकारी)को केन्द्रीय रचनात्मक तथा खेलकुद विभागको संयोजनमा महानगर समितिले यहि शनिबार वृक्षारोपण कार्यक्रम गर्न लागेको हो।

‘रुख रोपौं वातावरण जोगाऔं, बृहत वृक्षारोपण अभियान २०८०भव्य रुपमा सफल पारौं’ भन्ने मूल नाराका साथ काठमाडौं महानगरपालिका -१२ स्थित चिन्तामणि पंञ्चानारी कर्मा पार्कमा वृक्षारोपण गर्न लागिएको उसले जनाएको छ। अखिल (क्रान्तिकारी) काठमाडौं महानगर समितिले वृक्षारोपण कार्यक्रममा सहभागी हुन युवा तथा विद्यार्थीहरूलाई आग्रह गरेको छ।

अखिल (क्रान्तिकारी) ले देशभर १ लाख बिरुवा रोप्ने लक्ष्य राखेको छ। सोही लक्ष्य अन्तर्गत देशका विभिन्न स्थानहरूमा वृक्षारोपण अभियान सञ्चालन गरिरहेको छ। विशेषगरि सहरी क्षेत्रमा पछिल्लो समय निरन्तर वृक्षारोपण तथा सरसफाइ कार्यक्रमको आयोजना गर्दै आइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्