काठमाडौं। नागरिक लगानी कोषको सञ्चालकमा सुरेश खत्री निर्वाचित भएका छन्। नागरिक लगानी कोषको आइतबार सम्पन्न २८औँ वार्षिक साधारण सभाबाट खत्री निर्विरोध निर्वाचित भएका हुन्।
सभाले बैंक तथा वित्तीय संस्थाहरूको समूहबाट सञ्चालक समितिमा ३ वर्षका लागि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट सुरेश प्रसाद खत्री निर्विरोध निर्वाचित भएका हुन्। खत्री नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन्।



लोकपाटी न्यूज