यो नजरमा पर्न खोज्छन् मैले के गरुँ ?
जायजेथा हर्न खोज्छन् मैले के गरुँर ?
दीप म के बनेको थिएँ यी पुतलीहरु ?
हाम्फालेर मर्न खोज्छन मैले के गरुँ!!
कस्लाई मन पर्दैनरु जवानीको अत्तर!
फूलले यसै छर्न खोज्छन् मैले के गरुँ!!
यस्तै छ ऎले सिउँदो भर्नुभन्दा पहिले!
खाली पेट भर्न खोज्छन् मैले के गरुँ!
यस्तै यस्तै कुराले त घायल हुन्छु म नि!
खै के खै के गर्न खोज्छन् मैले के गरुँ!!
निर्मल पौडेल (एन पी घायल) को (गजल)
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्


लोकपाटी न्यूज

