बार्जुगाड खोलामा बगेर एक महिलाको मृत्यु

dubnu-death
लोकपाटी न्यूज

राजेन्द्र विक/ बाजुरा, ११असार। बाजुरामा खोलामा बगेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ४ गवानिका स्थानीय शंकर बोगटिकी २० वर्षीया श्रीमति संगिता साउंद बोगटी रहेकी छन्।

खप्तड छेडेदह गाउँपालिका ३ र बुढीगंगा नगरपालिका ४ को बिचमा पर्ने बार्जुगाड खोलामा बगेर संगिताको मृत्यु भएको इलाका प्रहरी कार्यालय टाटेले जनाएको छ।

शनिबार आमाछोरी नदी पार गर्ने क्रममा नौ वर्षीया छोरीलाई खोलाले बगाउन लाग्दा उनलाई बचाउने क्रममा आमाको नदीमा बगेर मृत्यु भएको प्रहरीले जनाएको छ। छोरीलाई सकुशल उद्धार गरिएको छ। घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्