समाजवादी मोर्चाको प्रतिबद्धता पत्रमा के छ ? (पूर्णपाठ)

लोकपाटी न्यूज

काठमाडौं। चार कम्युनिस्ट घटकहरूले समाजवादी मोर्चा गठन गरेका छन्। नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नयाँ मोर्चा गठन गरेका हुन्। राष्ट्रिय सभागृहमा सोमबार आयोजित घोषणा कार्यक्रममा चार दलका शीर्षहरूले सात बुँदे घोषणापत्रमा हस्ताक्षर गरेका छन्।

समाजवादी मोर्चा नेपालको सहमति पत्रमा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले संयुक्त हस्ताक्षर गरेका हुन्। उक्त सहमति पत्रमा समाजवादी मोर्चाको प्रमुख उद्देश्य नेपाली विशेषताको समाजवाद रहने उल्लेख छ।

यसैगरी, समाजवादी मोर्चाको प्रस्तावना, उद्देश्य तथा नीतिगत प्रतिबद्धता, सङ्गठनात्मक संरचना, सचिवालय,सदस्यता र घटक दलहरूको स्वायत्तता, मोर्चाको नेतृत्व र निर्णय प्रक्रिया, नीति तथा कार्यक्रम लगायतका मुख्य विषय छन्। मोर्चाको उद्देश्य तथा नीतिगत प्रतिबद्धतामा लेखिएको छ, ‘संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्नु मोर्चाको प्रमुख उद्देश्य हुने छ। त्यस उद्देश्य प्राप्तिका लागि हाम्रा वैचारिक एवम् राजनीतिक प्रतिबद्धताहरू निम्नबमोजिम रहेका छन्।’

मोर्चाको नीतिगत निर्णय गर्न सदस्य दलहरूको अध्यक्षसहित तोकिएका प्रतिनिधिहरू रहेको एक संयोजन समिति हुने जनाइएको छ। मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रम कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्य सञ्चालन गर्न एक सचिवालय बनाइने जसमा सदस्य दलहरूबाट तोकिए अनुसार प्रतिनिधि रहने छन्।

[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2023/06/morcha.pdf”]

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्