मोर्चा हुँदै बृहत् वाम एकतासम्म पुग्छौं : चौधरी

लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले शुक्रबार समाजवादी मोर्चा घोषणा हुने र त्यो बृहत् वाम एकतासम्म पुग्ने दाबी गरेका छन्। उनले एक संवादमा भनेका छन्, ‘माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लवजीको पार्टीबीच मोर्चा बन्दैछ।’

‘जलहरी काण्ड, भुटानी शरणार्थी प्रकरण, यति ओम्नी जस्ता अनेक काण्डका कारण मुलुकको छवि बिग्रन गएको छ। भ्रष्टाचारका कारण देश बर्बाद भएको छ। तसर्थ सामाजिक रुपमा जागरण ल्याउने, सशक्त बनाउने, भ्रष्टाचार जस्ता जघन्य अपराधलाई समाप्त पार्ने उद्देश्यले मोर्चा बन्दै छ,’ मोर्चा बन्नुका कारण उनले यसरी खुलाए।

पार्टी निर्माण, विघटन नियमित चल्ने प्रक्रिया भएको बताउँदै पूर्वमन्त्रीसमेत रहेका चौधरीले मोर्चा जनतामाझ टेष्ट पनि हुने र जनताको सुझाव अनुसार वामपन्थी एकता हुँदै अगाडि बढ्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्