गौर हत्याकाण्डसम्बन्धी मुद्दामा सुनुवाइ आज

Sarbochcha_Adalat
लोकपाटी न्यूज

काठमाडौं। गौर हत्याकाण्डसम्बन्धी मुद्दामाथि आज (सोमबार) सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ। यसअघि जेठ २५ गते सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले ‘हेर्न नभ्याइने’ सूचीमा परेको उक्त मुद्दाको सुनुवाइ आज हुन लागेको हो।

आज सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा गौर हत्याकाण्डसम्बन्धी मुद्दामाथि सुनुवाइका लागि पेशी तोकिएको छ। विसं २०६४ चैत २७ गते तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २८ जना माओवादी कार्यकर्ता मृत्यु भएको थियो। जसलाई गौर हत्याकाण्डले चिनिन्छ।

यस हत्याकाण्डविरुद्ध पीडित परिवारका तर्फबाट जेठ २१ गते त्रिभुवन साहले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए। उक्त मुद्दाको पेसी जेठ २२ गते पनि न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको भए पनि ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्