निर्मल पौडेल/ पर्वत, ११ जेठ (रासस)। पर्वत साहित्य संगमले आफ्नो मातहत रहेका विभिन्न विधाका ७ पुरस्कार वितरण गर्ने भएको छ। साहित्य संगमले बिहीबार कुश्मामा पत्रकार सम्मेलन गरेर आफूले वितरण गर्ने पुरस्कारको बारेमा जानकारी दिएको हो।
धौलागिरि क्षेत्रभित्र जन्मेर साहित्य कला संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने ७ जना सर्जकहरूलाई यही जेठ १५ गते एक औपचारिक कार्यक्रमकाबिच पुरस्कार वितरण गर्ने भएको हो। साहित्य संगममा स्थापित पर्वत साहित्य संगम साहित्य पुरस्कार,मान पदम स्मृति साहित्य पुरस्कार,डिल्ली राधा साहित्य पुरस्कार,नमुना शिक्षा तथा साहित्य पुरस्कार, गोपीनन्द स्मृति साहित्य पुरस्कार,संस्कृति साहित्य पुरस्कार र कृष्णा उद्योग साहित्य पुरस्कार वितरण गरिने संगमका अध्यक्ष डी आर शर्माले जानकारी दिए। यस वर्षदेखि राम्रो काम गर्ने एक संस्थालाई एक पुरस्कार प्रदान गरिने अध्यक्ष शर्माले जानकारी दिए।
यस वर्षको पर्वत साहित्य संगम साहित्य पुरस्कार पर्वतका साहित्यकार संगमका पूर्वअध्यक्ष इन्द्रमान खत्रीलाई नगद रु १५ हजार दोसल्ला र सम्मान पत्र,नमुना शिक्षा तथा साहित्य पुरस्कार बागलुङका साहित्यकार याम बहादुर ढुङ्गाना केसीलाई नगद रु १० हजार दोसल्ला र सम्मान पत्र,डिल्ली राधा साहित्य पुरस्कार तथा सम्मान भूपी स्मृति थाक पुस्तकालय मुस्ताङलाई नगद रु १० हजार दोसल्ला र सम्मान पत्र, मान पदम स्मृति साहित्य पुरस्कार तथा सम्मान पर्वतका साहित्यकार गणेश कुमार जिसीलाई नगद रु १० हजार दोसल्ला र सम्मान पत्र, गोपीनन्द स्मृति साहित्य पुरस्कार पर्वतका साहित्यकार टुकनाथ रेग्मी वेलुरामलाई नगद रु १० हजार दोसल्ला र प्रमाणपत्र, यस्तै कृष्णा उद्योग साहित्य पुरस्कार तथा सम्मान म्याग्दीका साहित्यकार गणनाथ पौडेललाई नगद रु १० हजार दोसल्ला र प्रमाणपत्र, संस्कृति साहित्य पुरस्कार तथा सम्मान पर्वतका स्वर्गीय गीतकार तथा कुशल सर्जक मान जी सुरागम मरणोपरान्त नगद रु १० हजार दोसल्ला र सम्मान पत्र प्रदान गरिने पत्रका सम्मेलनमार्फत जानकारी गराइएको हो। साहित्यको विकासमा अग्रणी भूमिका निर्वाह गरिरहेको पर्वत साहित्य संगमले विभिन्न साहित्यिक कृतिहरूको प्रकाशन गर्नुका साथै स्थापनाकाल देखी नै विभिन्न सर्जक तथा कृतिहरूलाई पुरस्कृत गर्दै आएको छ।
कुन पुरस्कार कसरी स्थापना भयो ?
१. पर्वत साहित्य संगम साहित्य पुरस्कार
रु ५० हजार राशि अक्षयकोष रहेको यो पुरस्कारको स्थापना पर्वत साहित्य संगमले विक्रम संवत २०७० सालमा गरेको हो। यो पुरस्कार हरेक २ वर्षमा धवलागिरि अञ्चलमा जन्मेर नेपाली भाषा, साहित्य, कला र संस्कृेतीको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने एक जना सर्जक तथा स्रष्टा लाई रु १५ हजार नगद सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिँदै आएको छ।
२. मान पदम स्मृति साहित्य पुरस्कार
रु ६० हजार राशि अक्षयकोष रहेको यो पुरस्कार पर्वत साहित्य संगमका पूर्व अध्यक्ष इन्द्रमान खत्रीले विसं २०७० सालमा आफ्ना हजुरबुवा हजुरआमाको स्मृतिमा स्थापना गरेका हुन्। पर्वत साहित्य संगमको सम्पूर्ण व्यवस्थापनमा यो पुरस्कार हरेक दुई वर्षमा धौलागिरि अञ्चलमा जन्मेर नेपाली भाषा साहित्य कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने एक जना स्रष्टा सर्जकलाई रु १० हजार नगद सम्मान पत्र र दोसल्ला प्रदान गरी सम्मान गरिन्छ।
३.डिल्ली राधा साहित्य पुरस्कार
रु ६० हजार राशि अक्षयकोष रहेको यो पुरस्कार पर्वत साहित्य संगमका वर्तमान अध्यक्ष डिल्लीराम शर्मा डी आरले विसं २०७० सालमा स्थापना गरेका हुन्। पर्वत साहित्य संगमको सम्पूर्ण व्यवस्थापनमा यो पुरस्कार हरेक दुई वर्षमा धौलागिरि अञ्चलमा जन्मेर नेपाली भाषा साहित्य कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने एक जना स्रष्टा सर्जकलाई रु १० हजार नगद सम्मान पत्र र दोसल्ला प्रदान गरी सम्मान गरिन्छ।
४. नमुना शिक्षा तथा साहित्य पुरस्कार
रु ५० हजार राशि अक्षयकोष रहेको यो पुरस्कार कुश्मा स्थित श्री नमुना आवासीय माविले आफ्नो स्थापनाको रजत महोत्सवको अवसरमा विसं २०७० सालमा स्थापना गरेको हो। पर्वत साहित्य संगमको सम्पूर्ण व्यवस्थापनमा यो पुरस्कार हरेक दुई वर्षमा धौलागिरि अञ्चलमा जन्मेर नेपाली भाषा साहित्य कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने एक जना स्रष्टा सर्जकलाई रु १० हजार नगद सम्मान पत्र र दोसल्ला प्रदान गरी सम्मान गरिन्छ।
५.गोपी नन्द स्मृति साहित्य पुरस्कार
रु ५० हजार राशि अक्षयकोष रहेको यो पुरस्कार पर्वत साहित्य संगमका संस्थापक अध्यक्ष इन्द्र कुमार विकल्पले आफ्ना दिवङ्गत मातापिताको स्मृतिमा २०७४ सालमा स्थापना गरेका हुन्। पर्वत साहित्य संगमको सम्पूर्ण व्यवस्थापनमा यो पुरस्कार हरेक दुई वर्षमा धौलागिरि अञ्चलमा जन्मेर नेपाली भाषा साहित्य कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने एक जना स्रष्टा सर्जकलाई रु १० हजार नगद सम्मान पत्र र दोसल्ला प्रदान गरी सम्मान गरिन्छ।
६. संस्कृति साहित्य पुरस्कार
रु ५० हजार राशि अक्षयकोष रहेको यो पुरस्कार पर्वत साहित्य संगमका आजीवन सदस्य सुशील थकाली अनुरागीले आफ्नी छोरीको नाममा वि।सं।२०७० सालमा स्थापना गरेका हुन्। पर्वत साहित्य संगमको सम्पूर्ण व्यवस्थापनमा यो पुरस्कार हरेक दुई वर्षमा प्रदान गरिन्छ। धौलागिरि अञ्चलमा जन्मेर नेपाली भाषा साहित्य कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने एक जना स्रष्टा सर्जकलाई रु १० हजार नगद सम्मान पत्र र दोसल्ला प्रदान गरी सम्मान गरिन्छ।
७. कृष्णा उद्योग साहित्य पुरस्कार
रु ५० हजार राशि अक्षयकोष रहेको यो पुरस्कार पर्वत साहित्य संगमका आजीवन सदस्य कृष्णादेवी शर्मा श्रेष्ठ र उद्योगबहादुर श्रेष्ठले विसं २०७५ सालमा स्थापना गरेका हुन्। पर्वत साहित्य संगमको सम्पूर्ण व्यवस्थापनमा यो पुरस्कार हरेक दुई वर्षमा धौलागिरि अञ्चलमा जन्मेर नेपाली भाषा साहित्य कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने एक जना स्रष्टा सर्जकलाई रु १० हजार नगद सम्मान पत्र र दोसल्ला प्रदान गरी सम्मान गरिन्छ। पर्वत साहित्य संगमका अध्यक्ष डी आर शर्माको अध्यक्षतामा गरिएको पत्रकार सम्मेलनको सञ्चालन संगमका सचिव गोकुल शर्माले गरेका थिए। साहित्य संगमले यस्तै अन्य पुरस्कारहरू पनि थप गर्दै जाने बताएको छ।



लोकपाटी न्यूज

