काठमाडौं। सौन्दर्यकर्मी मुना लिम्बुद्वारा ललितपुरको नक्खु चोकमा संचालनमा ल्याईएको मुनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरको उद्घाटन प्रमुख अतिथि वरिष्ट सौन्दर्यविद् तथा समाजसेवी रेनु राना मगरद्वारा रिवन तथा केक काटि सम्पन्न भएको छ। उक्त अवसरमा सौन्दर्यकर्मीहरु, संचारकर्मी तथा स्थानिय व्यक्तित्वहरुको समेत बाक्लो उपस्थिति रहेको थियो।
युवा व्यवसायी सौन्दर्यकर्मी मुना लिम्बुद्वारा सञ्चालित मुनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टर उक्त क्षेत्रको अत्याधुनिक प्रविधिमार्फत् सौन्दर्य सम्बन्धि सम्पूर्ण सुविधा सम्पन्न ब्युटी पार्लर हो।
बिगत ६ वर्षदेखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभवलाई आफ्नै देशमा केहि गरौं भन्ने उद्देश्यका साथ संचालन गरिएको मुनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरमा अनुभबी दक्ष सौन्दर्यकर्मी मार्फत महिलाहरुलाइ सौन्दर्य सेवा सुबिधा प्रदान गरिन्छ भने महिलाहरुलाइ चाहिने सौन्दर्य सामग्री समेत बिक्रि वितरण हुने कुरा सौन्दर्यकर्मी मुना लिम्बुले बताइन्।
मुनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरमा ब्युटिसियन बन्न चाहने, शिप सिक्न चाहनेहरुको लागि ट्रेनिङको समेत ब्यबस्था गरिएको कुरा मुना बताउछिन्। प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरकि अध्यक्ष तथा प्रमुख अतिथि वरिष्ठ सौन्दर्यबिद रेनु राना मगरले पार्लरको रिबन काट्दै आफ्ना बिध्यार्थीहरुले शिप सिकेर आत्मानिर्भर भएकोमा खुशी व्यक्त गर्दै मुनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरले सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने कुरा बताइन्।
यसैगरी स्वदेशमा नै व्यवसाय गरी रोजगारीको सिर्जना गर्दै आर्थिक रुपमा समेत सवल महिलाको रुपमा स्थापित भएकोमा सौन्दर्यकर्मी मुना लिम्बुलाई व्यवसायिक सफलताको शुभकामना व्यक्त गरिन्।



लोकपाटी न्यूज

