काठमाडौं। आफ्ना एकपछि अर्को उपन्यास युट्युबमा सार्वजनिक गरिरहेका विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको अर्को उपन्यास ‘भाइरस लभ’ युट्युबमा सार्वजनिक भएको छ। गीत सङ्गीत तथा विविध विधामा १३२ विश्व कीर्तिमान कायम गरेका उपाध्यायको ‘भाइरस लभ’ उनकै अफिसियल युट्युब च्यानल डिआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो। यो उपन्यास शिखा बुक्सले प्रकाशन गरेको हो।
उपन्यासको भोइस-ओभर गणेश सुवेदीले गरेका छन्। सुरेन्द्र पौडेलको रकेर्डिङ, दीपेन्द्र थापाकोे सम्पादन रहेको लिरिकल भिडियोमा राजिव शाह र कमल अधिकारीको सङ्गीत छ। ‘पढनका लागि निश्चित ठाउँ र परिवेश आवश्यक भएका हुनाले अन्य काम गर्दा गर्दै पनि सुनेर पढन सकियोस् भन्ने उद्देश्यले युट्यबमा उपन्यास आफ्ना उपन्याहरू सार्वजनिक गरिरहेको हुँ’, डा. उपाध्यायले भने। उनका हालसम्म १५ उपन्यास पाठकमाझ आइसकेका छन्। डा. उपाध्यायको यसअघि उपन्यास ‘कफिलभ’, ‘वज्रघात’ र ‘भाग्यचक्र’ युट्युबमा सार्वजनिक भएका थिए। यस्तै अन्य उपन्यासलाई पनि युट्युबमार्फत् सार्वजनिक गर्दै जाने उनले जानकारी गराए।
कीर्तिमानी डा.उपाध्यायका ३० एल्बमका सयौं गीत श्रोतारदर्शकमाझ आएका छन्। यस्तै, उनका ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायां’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ र ‘मझधार’ जस्ता १५ उपन्यास पाठकमाझ आएका छन्। यतिबेला १६औं उपन्यास लेखिरहेको उनले बताए।



लोकपाटी न्यूज

