सभ्य मानिसका १२ बानीहरू

pic
लोकपाटी न्यूज

१. भर्खर भर्खरै चिनेको मान्छेसँग उसको तलब, उमेर, प्रेम सम्बन्ध र पारिवारीक अवस्था सम्बन्धी नितान्त व्यक्तिगत प्रश्नहरू नसोध्नू। उनीहरूलाई आफैँ सहज हुने र खुल्ने प्रयाप्त समय दिनू।

२. गुट्खा र पान खाएर जथाभावी नथुक्नू। घरको शौचालय प्रयोग गरेपछि पानी हालेजस्तै सार्वजनिक शौचालय प्रयोग गरेपछि पनि सफा राख्नू।

३. कतै निस्कँदा आफूले प्रयोग गर्ने वस्तु वा खानेकुराबाट निस्कने फोहोर जथाभावी नफाल्नू। फोहोर दानी नभेटेसम्म आफैँसँग राख्नू, भेटिँदै भेटिएन भने घर गएर घरकै फोहोर दानीमा फाल्नू। म मेरो कारण सार्वजनिक स्थल फोहोर हुन दिन्नँ भन्ने प्रण गर्नू।

४.कोही मान्छे आफ्नो नजिकै खाना खाँदै हुनुहुन्छ वा बसिरहनु भएको छ भने उहाँको अगाडी खोक्ने, खकार्ने वा सिँगान पुछ्ने जस्ता घिनलाग्दो कार्य नगर्नू। यदि त्यसो गर्नु परे त्यस्ता व्यक्तिहरू भन्दा पर गएर गर्नु जसले उनीहरूलाई असर नपरोस्।

५. अनुमति बिना कसैको मोबाइल, नोटबुक र पर्सजस्ता निजी वस्तुहरू नहेर्नू। अझ मोबाइलमा इनबक्स चेक गर्ने जस्तो असभ्य हर्कत त कहिल्यै नगर्नू।

६.सार्वजनिक ठाउँ वा अन्य व्यक्ति भएको ठाउँमा जति नै नजिकको साथी भए पनि कसैको मजाक उडाउने, उसको निजी कुराहरू भन्दिने वा उसलाई असहज लाग्ने किसिमको कुनै पनि कार्य नगर्नू। आत्मियता र रमाइलोको नाममा कसैलाई मजाक नबनाउनू।

७. आर्थिक, सामाजिक तथा राजनैतिक हैसियत हेरेर कसैलाई कुनै दर्जामा नराख्नू। सबै तह र तप्काका मानिसलाई समान रुपमा सम्मान दिनू।

८. कसैको जात, वर्ग, भुगोल, लैङ्गीकता, पेसा, हुलिया, शारिरीक रङरअवस्था र शैक्षिक योग्यताजस्ता मापकका आधारमा कसैलाई नहोच्याउनू वा धारणा नबनाउनू। सबैलाई आफ्नै जीवनशैलीमा बाँच्न दिनू।

९. घर वा बाहिर जहाँ भएपनि खाना नफाल्नू। पैसा आफ्नो भए पनि अनाज र किसानको परिश्रमको सम्मान गर्नू।

१०.कुनै मिटिङ हल वा आफू बसेको स्थान छोड्दा त्यहाँ अरु कोही छैनन भने बत्ति, पङ्खा र हिटरजस्ता विद्युतिय सामग्री बन्द गरेर मात्र निस्किनू।

११. कुनै प्रश्न, जिज्ञासा, सुझाव, साथ वा सहयोगको आसा बोकेर आएका जो कोहीलाई आफ्नो बौद्धिकता र क्षमताले सकेको सहयोग गर्नू र त्यस्तो सहयोगको अनावश्यक प्रचार नगर्नू।

१२.कसैको गल्तिमाथि हाँस्नुभन्दा उसलाई सिकाएर सुध्रिने अवसर दिनू। कसैले गरेको आकस्मिक गल्तिको प्रचार नगर्नू।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्