रास्वपाले अन्य दलसँग विश्वासको मत माग्ने

Rastriya_Swatantra_parti
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मतको लागि अन्य राजनीतिक दललाई आग्रह गर्ने निर्णय गरेको छ। आइतबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले बैठकमा सरकारले प्रस्तुत गर्न लागेको न्यूनतम साझा कार्यक्रमका बारेमा छलफल गरेको जानकारी दिए। उनले बैठकमा पार्टीका तर्फबाट महामन्त्री एवं न्यूनतम साझा कार्यक्रम कार्यदलका सदस्य मुकुल ढकालले न्यूनतम साझा कार्यक्रमका बारेमा जानकारी गराएको बताए।

उनले न्युनतम साझा कार्यक्रममा आफ्नो पार्टीले अघि सारेका मुद्दा स्थापित भएको बताए। बैठकमा नवनिर्वाचित सांसदले आफ्नो गृह जिल्लाको भ्रमण गरेको बारेमा पनि जानकारी गराएको उनको भनाइ छ।

‘हाम्रो संसदीय दलको बैठक सिंहदरबारमा बस्यो। हामीले सरकारले प्रस्तुत गर्न लागेको न्युनतम साझा कार्यक्रम हाम्रो छलफल भयो। त्यसमा हाम्रा मुद्दा स्थापित भएका छन्,’ परियारले भने, ‘हामीहरू पनि सरकारमा भएकाले विश्वासको मत माग्नु हाम्रो पनि जिम्मेवारी हो भन्ने कुरा बैठकमा भयो। हामीले अन्य दलसँग विश्वासको मत माग्ने छौं।’

प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदै छन्। सांसद परियारले पार्टीको संसदीय दलको बैठक सोमवार बिहान १० बजे पुनः बस्ने जानकारी गराएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्