गण्डकी प्रदेशसभा ज्येष्ठ सदस्य बस्यालले लिए शपथ

लोकपाटी न्यूज

गण्डकी। गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुख पृथ्वीमान् गुरुङबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुखको सरकारी निवासमा आज आयोजित समारोहमा उनले शपथ लिएका हुन्।

बस्याल पर्वतको प्रदेशसभा(ख) बाट नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनको जन्म विसं २०१४ भदौ ५ गते पर्वतमा भएको हो। संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखले प्रदेशसभा सदस्यका ज्येष्ठ सदस्यलाई र ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ। ज्येष्ठ सदस्य बस्यालले बिहीबार अन्य सदस्यलाई शपथ गराउने कार्यक्रम छ।

शपथ ग्रहण समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, मन्त्री, नवनिर्वाचित प्रदेशसभा सदस्य, सरकारी उच्चपदस्थ अधिकारी र सञ्चारकर्मीको उपस्थिति थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्