चितवन। चितवन क्षेत्र नम्बर-३ प्रतिनिधिसभा सदस्य गठबन्धनका उम्मेदवार रहेका डा. भोजराज अधिकारीले चिकित्सकको हकहितका लागि प्रतिवद्ध रहेको बताएका छन्। नेपाल चिकित्सक संघ चितवनले आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले यसका लागि सहकर्मी सम्पूर्ण चिकित्सकहरूको साथ र सहयोगको अपेक्षा रहेको बताएका हुन्।
उम्मेदवार डा. अधिकारीले आफू पोखरीबाट समुद्रमा प्रवेश गरेको बताए। यस्तै, भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले डा. अधिकारीलाई जिताउन पहल गर्नुपर्ने बताए। उनले चिकित्सकको हकहितका लागि समेत डा. भोजराजलाई जिताउन पहल गर्न अपिल समेत गरे।
कार्यक्रममा पेशागत सुरक्षाका लागि नीतिगत योजना बनाउन सुझाव दिएका थिए। चिकित्सकको सेवा सुविधा एवं उचित पारिश्रमिकका लागि उच्चस्तरीय आयोग बनाउन चिकित्सक डा.अनिल विक्रम कार्कीले आग्रह गरे।
आन्तरिक एकताको आवश्यकता हुनुपर्ने उनको भनाई छ। चिकित्सक नै जनप्रतिनिधि निर्वाचित भएपछि दुखको समाधान हुने चिकित्सकहरूले बताएका थिए। भावी स्वास्थ मन्त्री हुने उनीहरूको विश्वास छ। उमेदवार डा. अधिकारी संघका पूर्व जिल्ला सचिव हुन्।



लोकपाटी न्यूज

