भक्तपुर। भक्तपुरमा ११ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। सूर्यविनायक नगरपालिका–२ बालकोटमा डेरा गरी बस्ने एक बालिकालाई सोमबार राति उनकै डेरामा गएर बलात्कार गरेको आरोपमा नुवाकोटको बेलकोटगढी घर भएका ३५ वर्षका रामबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो।
बालिकाको स्वास्थ्य परीक्षण गराइएको र आरोपी सुनारमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ।



लोकपाटी न्यूज

